Fri. Mar 29th, 2024

‘प्रेम गीत’ ‘प्रेम गीत २ ‘को सफलता पछि निकै कौतुहलता सृजना गरेको बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ ओएसआर मुभिजको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। उक्त गीत सार्वजनिक भएको २ दिन नबित्दै ट्रेन्डिङ १ मा पर्न सफल भएको छ ।

१ मिलियन भ्युज पाएको छ भने गीतलाई करिब ५७ हजारले लाईक गरेका छन् भने करिब नौ हजारले प्रतिक्रिया दिएका छन् । अधिकांशले गीत निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । गीतको भिडियो र अडियो फरक र सशक्त रहेको प्रतिक्रिया मिलेको छ ।

सुरुदेखी प्रतिक्षित बनिरहेको फिल्म ‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’ गित रिलिज भएसंगै फिल्म झन प्रतिक्षित र कौतुहलपूर्ण बनेको छ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको फिल्मको अधिकांश दृष्य मनाङमै छायांकन गरिएको हो ।भिडियोमा प्रदिप खड्का र नव- नायिका क्रिष्टिना गुरुङ्ग फिचर रहेका छन् ।

हर्क साउदको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् भने उक्त गीतमा चर्चित मेलिना राई र युवा गायक सगर आलेको स्वर रहेको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका छन्।

गीतको भिडियोको मेकिङ्ग निकै आकर्षक देखिएको छ। चलचित्रको मुख्य भूमिकामा प्रदिप र क्रिष्टिनासंगै सुनिल थापा, शिव श्रेष्ठ, पुस्कर कार्की, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी छ ।

तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथामा बन्दै छ। उक्त चलचित्र चैत्र २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

https://www.youtube.com/watch?v=UaeScocRNsQ

Leave a Reply

%d bloggers like this: