‘सेन्टी भाइरस’ को ५० प्रतिशत नाफा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ लाई

चलचित्र ‘सेन्टी भाइरस’ को ५० प्रतिशत नाफा चितवनमा निर्माणधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’लाई दिने घोषणा गरिएको छ। धुर्मुस–सुन्तली फाउण्डेशनले बनाइरहेको उक्त रंगशालाको लागि आफैंले बनाउन लागेको फिल्म ‘सेन्टी भाइरस’ को ५० प्रतिशत नाफा दिइने धुर्मुस–सुन्तलीले बताएका छन् ।

यसअघि फिल्मको २० प्रतिशत दिने घोषणा गरेका उनीहरुले रंगशाला निर्माणलाई पहिलो प्राथमिकता दिइरहेका छन् । अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्नेछन् ।

क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्नेछन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ ।

onlycricnepal.com

Leave a Reply