Thu. Mar 28th, 2024

अभिनेता अजय देवगन, काजोल देवगन र सैफ अली खानको फिल्म ‘तानाजी : द अनसंग वारियर’ दर्शकमाझ रिलिजमा आएको १६ दिन पूरा भइसकेको छ ।

यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल बनेको छ ।

तेस्रो सातामा पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बताइएको छ । बक्स अफिस इन्डियाका अनुसार ‘तानाजी’ले हिजो (शनिबार)का दिन मात्रै पनि ९ करोड भन्दा बढीको व्यापार गरेको छ । यस हिसावले यो फिल्मले अहिलेसम्म २०६ करोडको व्यापार गरिसकेको छ ।

बक्स अफिस इन्डियाको वेब साइट अनुसार ‘तानाजी’ले मुम्बईमा मात्रै पनि १३ औं दिनमा ८८ करोड भन्दा बढीको व्यापार गरेको छ ।

त्यस्तै यो फिल्मले महाराष्ट्रमा पनि राम्रो कमाई गरिरहेको छ । समिक्षकहरुले यो फिल्मलाई मिल्दोजुल्दो प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

%d bloggers like this: