Sat. May 18th, 2024

चर्चित भारतीय गायिका आशा भोस्ले र बरिष्ठ संगीतकार रंजित गजमेरमा समर्पित कार्यक्रम ‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’का लागि आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आउदै छिन् । ‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ नामक कार्यक्रममा आउने उनी ५ दिन नेपाल रहने छिन् । पौष १२ गतेमा हुने कार्यक्रमको लागि उनले ११ गते तयारी गर्ने सँगसंगै भारतीय राजदुतावासमा सोहिदिन नै रात्रीभोजमा समेत सरिक हुने तालिका रहेको छ ।

साधना कला केन्द्रको आयोजनामा हुने कार्यक्रमका लागि आउने उनि काठमाण्डौका केहि स्थानमा भ्रमण समेत अग्रने छिन । अंग्रेजी नयाँ बर्षको अवसर पारेर सोल्टी क्राउन प्लाजामा कार्यक्रम हुन गैरहेको हो । साधना नेपालको चर्चित नृत्य तथा नृत्य अध्यापन गराउने स्कुल अन्तर्गत पर्छ।

merofilm.com

Leave a Reply

%d bloggers like this: