Wed. May 14th, 2025

सन्तोष सेनको मोस्ट अवेटेड फिल्म ‘प्रेमगीत–३’को छायाङकन हिमाली जिल्ला मनाङमा धमाधम भइरहेको छ । अहिलेको समय मनाङमा हिउँ परिरहेकाले छायाङकनमा केही असहज भइरहेको निर्माता÷निर्देशक सेनले बताए । तर, पनि माइनस २६ डिग्री सेल्सियसमा पनि टिमले कुशलता पूर्वक काम गरिरहेको उनको भनाइ छ ।

फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायत कलाकारको पनि अहम भूमिका रहनेछ ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा बनिरहेको ‘प्रेमगीत–३’ आगामी चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिनेछ

Leave a Reply