Sun. May 5th, 2024

अभिनेत्री ॠचा शर्मा र दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुको विवाह मंसिर २१ गते शनिबार भएको हो ।

ऋचा ललितपुरको लविम् मलका म्यानेजर दिपेक्षसँग वैवाहिक बन्धनमा बाँधिएकी छन्। दिपेक्ष र ऋचा विवाहको माहोल विहीबारबाटनै भएको थियो ।

ऋचा र दिपेक्षको विवाहको सङ्गीत कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, नम्रता सापकोटा, माला लिम्बु लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

ऋर्चा पनि ‘साजनजी घर आए’ बोलको हिन्दी गीतमा नाचिन् । सङ्गीतमा दुलहा दिपेक्षले पनि साथीभाइसँग नाचे। ॠचाले केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेकी थिइन् ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: