जापानको टोकियोमा दोस्रो पटक आयोजना भएको सुर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ । आइतवार जापानमा सम्पन्न अवार्डमा फिल्म क्याप्टेनबाट अनमोल केसी र फिल्म कायराबाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर हिरो र हिरोईनको अवार्ड उचाल्न सफल भएका छन् । यस्तै पपुलर फिल्म छक्का पञ्जा ३ र पपुलर डाईरेक्टरमा फिल्म छक्का पञ्जा ३ बाटै दीपाश्री निरौला बिजेता बनेका छन् । यता फिल्म गोपीबाट बर्षा राउतले पपुलर सह नायिकाको अवार्ड पाउन सफल भएका छन भने जय भोलेबाट बुद्वि तामङ्गले अवार्ड पाउन सफल भएका छन् । यता संगीत तर्फ पपुलर लोक गायिकामा गीत गार्हो हुन्छबाट मञ्जु पौडेल, गित सालको पातबाट कुलेन्द्र बिक पपुलर गायक गायिका बन्न सफल भएका छन् ।
यस्तै पप गायकमा कर्के नजरबाट सञ्जिब पाराजुली र कर्के नजरबाटै टिका प्रसाई पप गायीका बन्न सफल भएका छन् । यस्तै आधुनिक गायक तर्फ मोहनिबाट राजेश पायल राई र गीत पिरिम नलाउनेबाट मेलिना राईले अवार्ड पाउन सफल भएका छन् । यस्तै क्रिटिक्स अवार्डमा फिल्म प्रसाद परेका छन भने फिल्म प्रसाद बाटै नायक बिपिन कार्की र नायीका नम्रता श्रेष्ठ बिजेता बनेका छन् । उत्क्रिष्ट निर्देशकको अवार्ड फिल्म गोपीबाट दिपेन्द्र लामाले उचालेका छन । अवार्ड समारोहमा आफ्नो सम्पूर्ण समय फिल्म क्षेत्र अर्पण गर्नुभएका निर्देशक तथा बरिष्ठ कलाकर नीर बिक्रम शहलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । यस्तै मह जोडीलाई सुर्य रत्न सम्मानबाट सम्मान गरिएको छ । यता क्याप्टेन समेत रहनुभएका बरिष्ठ कलाकार विजय लामालाई सुर्य कलाकारिता सम्मान २०१९ प्रदान गरिएको छ । यस्तै नेपाली फिल्म कठपुतली, माई लभ नगायत निर्देशन गरेका जापानिज निर्देशक डा तोशीआकी ईतोहलाई बिशेष सम्मान प्रदान गरिएको छ । चलचित्र पत्रकारिता पुरस्कारबाट निर्देशक तथा पत्रकार लक्ष्मण सुबेदीलाई नगद २५ हजार जापनिज रुपैयाँ सहित पुरस्क्रित गरिएको छ ।
५ दर्जन भन्दा बढि कलाकार उपस्थित रहेको अवार्ड कार्यक्रमा दर्शकको संव्या भन्ने न्युन रहेको आयोजकले बताईएको छ । जापानमा के नामको अवार्ड गर्छु भनेर दंका पिटेका टिमले अवार्ड गर्न नसकेपछि सुर्य अवार्डको बिरुद्व भ्रामक समाचार प्रकाशन गर्ने र अवार्ड बहिस्कारको क्याम्पेनिङ्ग नै चलाउने समुहका कारण दर्शको संख्याम कमी भएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन । १५ सयको हलामा एक हजार दर्शकको आशा गरिएको थियो । तर दर्शकको संख्या २ सय ८० को हाराहारीमा मात्र भएको थियो । कार्यक्रममा कलाकार, अतिथी र दर्शक गरेर ३ सय ४० जना बढिको उपस्थित रहेको आयोजकले बताईएको छ ।
कलाकारहरुलाई नेपाल एयरलायन्सबाट जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइएको छ। उक्त अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामा, अनमोल केसी, भुवन केसी, सरिता लामिछाने, रिषि लामिछाने, समीर बलामी, मिरा स्याम्बो, साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, स्वेता खड्का, दिपा श्री निरौला, राजश पायल राई, बर्षा राउत, कमल खत्री, बुद्धि तमाङ्ग ९ हैट०, सन्दिप क्षेत्री, मञ्जु पौडेल, टिका प्रसाई, दिपेन्द्र लामा, रोहित अधिकारी, सुवास थापा, नरेश भट्टराई, लक्ष्मण सुवेदी, शुशिल पौडेल, प्रदिप कार्की, सुमन गिरी भान्जा, श्रीधर पौडेल, कुवेर डंगोल, विजय बस्याल लगायतका ५३ जनाको टोलीको उपस्थिति रहने छ ।
बरिष्ठ कलाकारहरुले यतिका कलाकारहरुलाई एउटै मन्चमा उतार्नु ठुलो कुरा रहेको बताएका छन । बरिष्ठ कलाकारहरुले यतिका कलाकारहरुलाई एउटै मन्चमा उतार्नु ठुलो कुरा रहेको बताएका छन । अवार्ड समारोहमा चलचित्र विकास बोर्डले सहकार्य गरेका छन भने नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०१९ लगायतले सहयोग गरेका छन् ।
filmyfanda.com