Sat. Sep 14th, 2024

क्यानडामा आयोजना हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता खुलाइएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी फिल्म दर्ता प्रक्रिया सुरु भएको हो । आयोजकका अनुसार बर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरुले यहि कार्तिक मसान्तभित्र दर्ता प्रक्रियामा सहभागी हुन सक्नेछन् । ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना गरिने अवार्ड दर्ता प्रक्रियामा सहभागी हुने फिल्मबाट निर्णायक टिमले उत्कृष्ट तीन मनोनयन गर्ने जनाइएको छ ।
आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतिक बुढाथोकीका अनुसार विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गरिने छ । अवार्डको लागि मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायक टिममा सदस्य छन् । अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह-अभिनेता, सह-अभिनेत्री प्रतिस्पर्धी विधा समावेश छन् । मनोनयन सुची भने मंसिर दोश्रो साता सार्वजनिक हुनेछ ।
अवार्ड समारोहमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने निर्णायक टिमले जुरी अवार्ड समेत प्रदान गर्नेछ ।

filmyfanda.com

Leave a Reply