बसको सिटको कभर कभरमा ‘बादसाह जुट’

नेपाली फिल्मको प्रचारप्रसार गर्ने शैलीमा परिवर्तन आइरहेका बेला ‘बादसाह जुट’ले पनि नयाँ शैली अपनाउदै दर्शकहरुको नजर सोझै पर्ने स्थान बसको सिटको कभरमा फिल्मको प्रचारप्रसार सामग्री प्रिन्ट गरेको छ ।
कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र प्रचारप्रसारको यो नौलो शैलीले दर्शकलाई हलसम्म तान्ने यो जुक्ती चलचित्र निर्माण युनिटले निकालेका हुन् ।केही समय अगाडि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरलाई नेपाली फिल्मका दर्शकहरुले खुबै रुचाइरहेका छन् ।

चलचित्र ‘बादसाह जुट’ को मुख्य भुमिकामा सुशील श्रेष्ठ र आमिर गौतम रहेका छन् । युवा नायकका रूपमा परिचीत सुशील श्रेष्ठलाई पत्रकारको रोलमा प्रस्तुत गरिएको छ, भने आमिर गौतमलाई प्रहरी हवलदारको भुमीकामा देखाइएको छ ।

कमेडी र एक्सनले भरिएको ट्रेलर निकै रमाईलो रहेको छ । फिल्म निर्माण युनिटले फिल्म उत्कृष्ट बनेको दाबी गरेका छन् । ट्रेलरले आम दर्शकलाई निकै लोभ्याए पनि चलचित्रले आम दर्शकहरुलाई कतिको लोभ्याउने हो त्यो भने कार्तिक १५ गतेपछि थाहा हुनेछ ।
 

news24

Leave a Reply