महानायक राजेश हमालले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् । वीरगञ्जकी मुस्कान खातुनलाई भेट्न महानायक हमाल सोमबार कीर्तिपुर अस्पतालमा पुगेका थिए ।
यस अघि पनि भारतीय कलाकारहरु अमिताभ बच्चन, बरुण धवण, कृति सेनन देखि नेपाली कलाकार राजु लामा र संचिता लुईटेल लगायतले मुस्कानलाई भेटेर उनको मुहारमा मुस्कान ल्याने प्रयास गरेका थिए । यस्तै महानायक हमाल पनि मुस्कानलाई भेट्न अस्पतालमा पुगे ।
मुस्कानको अवस्था देखेर महानायक हमाल भावविह्वल भएका थिए । हमालको भेटले मुस्कानमा एकै छिन भए पनि खुशी छायो । महानायक हमालले उनलाई छिट्टै घर फर्किन मिल्ने आश्वासन दिए ।
