Thu. May 2nd, 2024

लक्की मिडिया हाउस चितवनको आयोजनामा चलचित्र साईनोको बिशेष शो सम्पन्न भएको छ । चलचित्र साईनोको बिशेष शोको अबसरमा नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि राष्ट्रको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा अतुलनीय योगदान दिनुभएका चार जना वरिष्ठ कलाकारलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा पहिलो नेपाली चलचित्र आमा बाट आफ्नो कलाकारिता शुरु गरेकी नेपाली सिने जगतकी प्रथम नायिका भुवन थापा चन्द, प्रथम चरित्र अभिनेत्री चैत्य देवी सिंह, प्रथम हास्य साम्राज्ञी बसुन्धरा भुसाल एवम् बरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठ रहनुभएको छ । लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा चलचित्र साईनोको बिशेष शो चितवनमा गरेको थियो ।
बिशेष शोमा बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । दर्शकहरुले चलचित्र साईनो मौलिक कथावस्तुमा आधारित पूर्ण पारिवारिक चलचित्र रहेको प्रतिक्रिया दिएका थिए । फिल्म अबधिभर दर्शकहरुले पूर्णरुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए ।
बिशेष शोमा फिल्म “साईनो“ का कलाकारहरु नीता ढुंगाना , मिरुना मगर , राजकुमार , राजा राजेन्द्र पोख्रेल , भुवन थापा चन्द , चैत्य देवी सिंह , बसन्धुरा भूसाल लगायत फिल्म निर्माता, निर्देशक तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
 

news24

Leave a Reply

%d bloggers like this: