Fri. May 3rd, 2024

बि जि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति रहेको फिल्म काँचुलीको पोस्टर सार्बजनिक भएको छ । निर्माण टिमले भद्रकाली मन्दिर परिसरमा अनाथ असहायहरुलाई दहि चिउरा बितरण गर्दै फिल्मको पोस्टर सार्बजनिक गरेको हो ।
फिल्ममा शुभेच्छा थापा,रबिन श्री,सुभाष गजुरेल,शर्मिला शर्मा र राजन महर्जनको मुख्य भुमिका रहेको छ । छायांकन सुशील डाँगी,दन्द्व देव महर्जन ,नृत्य राजन महर्जन र दिलिप राई ,बितरण तिरुपती फिल्मसका लागि सरोज शर्मा र सुनिता भट्टराई ,लेखनर निर्देशन शंकर अधिकारी घायल को रहेको छ । फिल्ममा संगीत राजु लामा, राजेन्द्र बजगाईँ ,शंकर अधिकारी घायलको रहेको छ भने सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाइ र शम्भु रै का आवाज रहेको छ । काँचुली श्रावण २४ गते रिलिज गरिने छ ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: