Tue. Apr 30th, 2024

काठमाडाैँ । गत वर्षको अन्तिममा नेपालमा प्रदर्शनमा अाएर सफलता तथा दर्शकको मन जित्न सफल फिल्म “लभ स्टेशन”ले विदेशी भूमीमा पनि लोकप्रियता कायम नै रहेको दर्शाएको छ । करिब एक हप्ताको अन्तरालमा हंङकङ र जापानमा प्रदर्शन भएको यो फिल्मले उत्कृष्ट छवि छोड्न सफल भएको हो ।

“लभ स्टेशन” जुन १६ मा हङकङ तथा जुन २३ मा जापानका प्रमुख ३ शहर  टोकियो , नागोया र फुकुअोकामा प्रदर्शन भएको थियो । फिल्मका नायक प्रदिप खड्का र नायिका जसिता गुरूङसँगै प्रदर्शित फिल्म हेर्नका लागि दर्शकको थामिनसक्नु भिड देखिएको मनोरञ्जन विशेष संवाददाताले जानकारी गराएका छन् ।

विभिन्न सामाजिक कार्यलाइ प्रमुख लक्ष्य बनाएर विदेशी भूमिमा प्रदर्शित फिल्मले सोचे अनुसारको सफलता पाउन सफल भएको छ । प्रदर्शन भएका सबैतीर “लभ स्टेशन”ले हाउस फुल प्रदर्शन गरिरहेको छ ।


बहु अायामिक दृष्टिकोणबाट उत्कृष्ट बनेको फिल्मले विभिन्न कार्यक्रम मार्फत सम्मान समेत पाइरहेको छ ।

 

Leave a Reply

%d bloggers like this: