इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता चर्चित कार्यक्रमहरुका प्रोड्युसर सोहन चौहानको मृत्यु भएको छ । उनको शव आइतबार राती मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको पोखरीमा भेटिएको हो । पोस्टमार्टमका लागि मृत शरीर सिद्धार्थ अस्पताल लगिएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनको घरमा रहेको सिसिटिभी फुटेजका अनुसार सोहन चौहानलाई आइतबार हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको छ । मुम्बई प्रहरीले उनको कोठामा रमको एउटा खाली बोतल र एउटा डायरी भेटेको छ ।
