Mon. Apr 29th, 2024

फिल्म ‘मारुनी’ को फस्टलुक्स सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्कालाई देखाइएको छ ।
साम्राज्ञी फिल्म ‘इन्टु मिन्टु लण्डनु’ पछि करिब एक वर्षपछि फिल्म ‘मारुनी’ मार्फत आउँदै छिन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्म पूनम गौतमले निर्माण गरेकी हुन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन् । फिल्मको सह–निर्मातामा राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री छन् ।
यो फिल्मले दर्शकको मन छुने निर्मात्री गौतमले बताइएकी छन् । खबर अनुसार फिल्ममा थुप्रै ट्विस्टहरू छन् । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउदैछ ।

Leave a Reply

%d bloggers like this: