Fri. Apr 26th, 2024

हाल नेपाली चलचित्रको बजार खस्किंदै गइरहेको अवस्थामा युट्यूबमा भने पुराना नेपाली चलचित्रहरुले अग्रस्थान लिइरहेका छन् । यसै क्रममा स्वर्गिय निर्देशक दिपक रायमाझी निर्देशित चर्चित चलचित्र ‘बज्रपात’ युट्यूबमा रिलिज भएको छ । उक्त चलचित्रका मुख्य कलाकारहरुमा दिलिप रायमाझी, रेखा थापा, बिक्रान्त बस्नेत, जेनी कँुवर, राजेन्द्र खड्गी लगायतका छन् ।

चलचित्र ‘बज्रपात’ पुष्पलता प्रोडक्सन प्रा. लि. बाट निर्माण भएको हो । उक्त चलचित्रमा वरिष्ठ साहित्यकार, समाजसेवी, हाल बुलेट आमाको नामले चिनिएकी पुष्पलता आचार्यको लगानी रहेको छ । उक्त चलचित्र सिद्धान्त सिने प्रोडक्सन हाउस नामक युट्यूबबाट सार्वजनिक भएको कुरा निर्मात्री आचार्यले जानकारी दिएकी छन् ।

Leave a Reply

%d bloggers like this: