Sat. May 18th, 2024

प्रदर्शनको मिति नजिकिएसँगै धमाधम प्रमोशनमा खटिएको नेपाली चलचित्र “लभ स्टेशन”को बुकिङ खुलेको छ । अाज फिल्मका निर्माता गोविन्द शाहीले सामाजिक सञ्जाल फेसबुकमा केही फोटोहरू पोस्ट गर्दै फिल्मको बुकिङ खुला भएको जानकारी दिएका हुन् ।

 
यही चैत्र २२ गते शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शनमा अाउने यो फिल्मका युनिटले भने अाफुलार्इ प्रमोशनको काममा व्यस्त राखेका छन् ।
प्रमोशनका लागि स्कुल कलेजमा पुगेको फिल्म युनिटले दर्शकको ठूलो साथ पाएको छ । प्रमोशनमा मात्रै नभएर यो फिल्म सामाजिक कार्यमा पनि उत्तिकै लागिरिरहेको छ । गत अाइतबार अाएको हुरीबाट प्रभावित जिल्लामा समेत फिल्म युनिट सहयोगको हात बढाउँदै पुगिसकेको छ ।

त्यसै गरी यहि फिल्म युनिटले यो भन्दा अगाडी अनाथ अाश्रम र करेन्ट लागेर दुबै  हात गुमाएकी सन्ध्या घिमिरेलार्इ समेत अार्थिक सहायता प्रदान गरिसकेको छ ।

Leave a Reply

%d bloggers like this: