Sun. Jun 16th, 2024

बहुप्रतिक्षित फिल्म ‘ए मेरो हजुर ३’ को गीत सार्वजनिक भएको छ । सुगम पोखरेल र प्रबिशा अधिकारीको आवाज रहेको ‘जिन्दगी नै भन्दिन’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो । गीतमा एक नारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचर्ड छन् ।
फिल्ममा नायक अनमोल केसी गायकको भूमिका निर्वाह गर्दै छन् । लभ स्टोरी जनरामा निर्माण भएको फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतको समेत अभिनय रहेको छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने निर्देशन नायिका/निर्देशक झरना थापाको छ । डेब्यु नायिका सुहाना, सुनिल र झरानाकी छोरी हुन् । फिल्म चैत्र २९ गते देखि प्रदर्शनमा आउने छ ।

Leave a Reply

%d bloggers like this: