Mon. Apr 29th, 2024

प्रदर्शनको मिति नजिकिँदै गर्दा “ लभ स्टेशन “ चर्चाको शिखरमा पुग्न सफल भएको छ । चैत्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको नायक प्रदीप खड्काको फिल्म ‘लभ स्टेशन’ले प्रदर्शन अगावै अर्को सफलता पाउन सफल भएको छ । यो फिल्म नेपालसँगै अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएसँगै यसलाई लभ स्टेशनलाई अर्को महत्वपूर्ण सफलता प्राप्त भएको हो ।
‘लभ स्टेशन’लाई अष्ट्रेलियाका लागि गोर्खे इन्टरटेन्मेन्टले २७ लाखमा किनेको हो । अष्ट्रेलियाका लागि ‘लभ स्टेशन’का प्रोड्युसर गोर्खे इन्टरटेन्मेन्टका रञ्जित पन्त र मेदिन मानन्धर रहेका छन् ।
केहि दिन अगाडी रिलिज भएको येही फिल्मको गीत घाम जुन चाइदैनले पनि छोटो समयमा नै  लगभग १० लाख दर्शक पाएको  छ भने यसको ट्रेलारले १२ लाख दर्शकको माया बटुल्न सफल भएको छ  ।
काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई गोविन्द शाही निर्माण गरेका हुन् भने चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: