Sun. Jul 21st, 2024

काठमाडाैं ।
एनटिभि प्लसमा श्रावण २७ गतेबाट हास्य व्यङ्यात्मक टेलिश्रृङ्खला ” जस्तो हामी उस्तै समाज ” को प्रसारण सुरू भएको छ । यस टेलिश्रृङ्खला हरेक अाइतबार राती ९ बजे प्रसारण हुने गर्दछ ।
टेलिश्रृङ्खलालार्इ दर्शन सिने मेकर्स प्रा.लि.ले निर्माण गरेको हो भने यसको लेखन तथा निर्देशन सुदर्शन चक्रले गरेका हुन् ।
सामाजिक विषयवस्तुलार्इ हास्यात्मक ढङ्गले प्रस्तुत गर्न कलम चलाएका सुदर्शनले यस टेलिश्रृङ्खला पनि भरपूर हास्य सामग्रीले भरिएको बताएका छन् ।
निर्देशक सुदर्शन चक्रका अनुसार यो टेलिश्रृङ्खला काठमाडाैंमा एनटिभि प्लस र काठमाडाैं बाहिर नुवाकोटको स्थानीय टेलिभिजन ” TV Trishuli” बाट पनि हरेक सोमबार प्रसारण हुने गर्दछ ।
यस टेलिश्रृङ्खलाको पुनः प्रसारण भने एनटिभि प्लसमा अाइतबार राती २ः३० बजे र मंगलबार दिउसो १ बजे हुने गर्दछ । त्यसैगरी नुवाकोटमा TV Trishuliबाट भने मंगलबार बिहान ७ बजे र सोहि दिन बेलुका ६ बजे यस टेलिश्रृङ्खला पुनः प्रसारण हुने गर्दछ ।

Leave a Reply

%d bloggers like this: