Sun. May 19th, 2024

काठमाडाैं ।
‘रातको कुरा…’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको फिल्म ‘कथा काठमाण्डू’ को अफिसियल ट्रेलर लञ्च भएको छ ।
गीतमा झैं ट्रेलरमा पनि प्रियंका र प्रमोदको इन्टिमेट सिनलाई विशेष ‘स्पेश’ दिइएको छ । काठमाडौंमा जीविकोपार्जन गर्नका लागि बाध्यताले यौनधन्दामा संलग्न एक युवतीको भूमिका अभिनेत्री प्रियंकाले निभाएकी छन् ।
ट्रेलरले काठमाडौंमा हुने तीन भिन्नभिन्न कथालाई देखाएको छ । यो फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।
संगीता श्रेष्ठले यो फिल्मको निर्देशन गरेकी हुन् । कथा पनि उनकै हो । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले ‘रातको कुरा’ गीतमा इन्टिमेट सिन राख्नुको कारण ट्रेलरबाट प्रस्ट भएको बताइन् । सो दृश्य कथाको माग अनुसार नै गीतमा राखिएको उनको भनाई छ ।
अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । असोज १२ गते आउने उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।

Leave a Reply

%d bloggers like this: