Wed. Jan 15th, 2025

काठमाडाैं ।
वरिष्ठ कलाकार, रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको भाद्र १५ गते विहान १ बजे निधन भएको हो ।
अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई विहान १० बजेदेखि उनकै निवास ह्वाइटहाउस कलेज अगाडि राखिने फिल्म निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।
अन्त्येष्टिका लागि उनको पार्थिव शरीर दिउँसो १ बजे कुनै तडकभडक नगरि पशुपति आर्यघाट लगिने पारिवारिक स्रोतले जानकारी दिएको छ । कलाकार रिमालले दर्जनौं सम्झनलायक फिल्ममा अभिनय गरेका छन् ।
‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा उनले अभिनय गरेका थिए । उनी गायन, निर्देशन, संगीत र अभिनय विधामा अब्बल मानिन्छन् ।

Leave a Reply