Mon. May 6th, 2024

काठमाडौं । 
गायक भलाकाजी राईको राष्ट्रिय भावले ओतप्रोत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल”को म्युजिक भिडियोसहित सार्बजनिक भएको छ । म्युजिक भिडियोलाई गाउँले ईन्टरटेन्टमेन्टको युटुव च्यानलमार्फत सार्बजनिक गरिएको हो ।
खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीत संगीतदेखी टाढा रहेका थिए । पुनः गीत संगीतलाई निरन्तरता दिने सोचका साथ राष्ट्रिय गीत लिएर बजारमा आएको उनी बताउँछन् ।
राष्ट्रिय भावले भरिएको यस गीतमा गायक राईले लय, शव्द र स्वर दिएका छन् भने लय संयोजनमा जीबन राईले साथ दिएका छन् । भिडियोमा फुल्देको आमा, झनक कार्की, देवराज गुरुङ, सुमन मोक्तान, बिमल राई, चुडामणी फुयाल,उषा मगर, बबिता मगर,समृद्धि पन्त,सरस्वती पोखरेल र पबित्रा कर्मचार्यको अभिनय रहेको छ ।
गाउँले ईन्टरटेन्टमेन्टले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन निर्देशक केशव काईरालाले गरेका छन् भने गंगाराम राईको छायांकन तथा सम्पादन रहेको छ ।
नेपालीहरुमा राष्ट्रियताको मोह भन्दा पनि ब्यक्तीबादी मोह हाबी हुन लागेको देखेर राष्ट्रिय गीत लिएर यो क्षेत्रमा फर्किएको गायक राईका भनाई छ । सानै उमेर देखि नेपाली गीतसंगीतमा रुचि राख्ने गायक राईले धेरै गीतहरुमा स्वर भरिसकेका छन् ।

Leave a Reply

%d bloggers like this: