Mon. May 6th, 2024

काठमाडाैं ।
‘प्रेमगीत’ निर्माता सन्तोष सेन द्वारा निर्मित फिल्म ‘मेरी मामु’ ले शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको छ । मोफसल प्रचार आक्रामक भएकाले ‘मेरी मामु’को इनिसियल व्यापार सुखद हुनसक्ने विश्वास निर्माण टिमलाई छ । निर्माताले फिल्मको प्रचारका लागि ३० लाख बढी खर्च गरेका छन् ।
निर्माता सेनले आफ्नो जन्मदिनको छेको पारेर उक्त फिल्म प्रदर्शनमा ल्याएका हुन् । यस फिल्मबाट उनका ६ वर्षे छोरा आयुव सेनले डेब्यु गरेका छन् । बाल मनोविज्ञानमा आधारित यस फिल्मले आमा र छोरा वीचको दूरी र आत्मीयताको कथा वाचन गरेको छ ।
‘मेरी मामु’ मा कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । यम थापाले फिल्मको निर्देशन गरेका हुन् । कथा पनि उनकै हो ।
शनिवारका लागि १३ शोज पाएको उक्त फिल्मलाई विग मुभिजमा ३ शोज, विएसआर मुभिजले ४ शोज, एफक्यूबले २ शोज, सिने डि चिफले ३ शोज उपलब्ध गराएको छ ।
‘मेरी मामु’ ले ६० बढी सिंगल थिएटरमा आफ्नो उपस्थिति जनाएको बताइएको छ । विना स्टारको फिल्मलाई मल्टिप्लेक्सले यो संख्यामा शोज बाँड्नुलाई सुखद मान्न सकिन्छ ।

Leave a Reply

%d bloggers like this: