Sun. May 5th, 2024

काठमाडाैं । 
काफिया फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म “लभ स्टेशन”ले कलाकार चुन्ने नयाँ शैली अपनाएको छ । लभ स्टेशनले अब अडिसन गरी कलाकार चुन्ने भएको हो ।
फिल्म निर्माता गोविन्द शाहीका अनुसार यस फिल्म दार्जेलिङमा पनि सुटिङ हुनेछ । तसर्थ दार्जेलिङका प्रतिभाले पनि अाफ्नै स्थानमा सुटिङ हुने फिल्ममा अवशर पाउन भन्ने उद्देश्यले कलाकार छनाैट गर्न यस्तो शैली अपनाइएको हो ।
निर्माता शाहीका अनुसार फिल्म चाहिने बाल कलाकार , महिला कलाकार , पुरूष कलाकार तथा डान्सरहरू टोलीले अडिसनकै माध्यमबाट छनाैट गर्नेछ । निर्माण पक्षले बाल कलाकारका लागि ७ देखि १० वर्ष र महिला तथा पुरूष कलाकारका लागि ३५ देखि ५० वर्षको उमेर तोकेको छ ।
फिल्ममा डान्सका लागि टोलीले १५ जना महिला तथा १५ जना नै पुरूष डान्सरहरू छनाैट गर्नेछ ।
फिल्मका निर्माता गोविन्द शाहीले अडिसनको बारेमा बोल्दै भने ” हामीले स्थानीय स्तरमा रहेका प्रतिभाहरूलार्इ उजागार गर्ने उद्देश्यले यस्तो शैली अपनाएका हाैँ । अब यस स्थानमा भएका प्रतिभावान व्यक्तिहरूलार्इ यो सुनाैलो अवसर हुनेछ । अडिसनबाट छानिन सफल भएकाहरूले सबै नेपालीका मनमा छाप छोड्न सफल भएका नायक प्रदिप खड्कासँगै काम समेत गर्न पाउनेछन् । ”
फिल्मले दार्जेलङको सोलम प्यालेसबाट सेप्टेम्बर २ तारिखमा अडिशन सुरू गर्दैछ ।

Leave a Reply

%d bloggers like this: