Sun. May 5th, 2024

काठमाडाैं ।
‘रोजी’ बाट ‘रोज’ नामाकरण भएपछि क्राइम थ्रीलर ड्रामाले आफ्नो प्रचार-प्रसारलाई तिव्र बनाएको छ । म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेसँगै अब निर्माण टिम देश पर्यटनमा निस्किएको छ ।
अभिनेता प्रदीप खड्काको लिड रोल रहेको फिल्मको टुर देशका प्रमुख आठ सहरमा हुने निर्देशक नीरक पौडेलले जानकारी दिएका छन् । टुरमा पत्रकार सम्मेलन र सांगीतिक कन्सर्ट प्रमुख अाकर्षण हुनेछन् ।
फिल्मको टुर अाजबाट पोखराबाट सुरू भएको छ । अाज पोखरा मिडटाउन ग्यालरी अगाडि ‘रोज’टीमले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट गर्ने रोज टिमको कार्यक्रम रहेको छ ।
१६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुने जनाइएको छ । अभिनेता प्रदिप खड्का र नेपाल आइडल फेम्ड प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।
भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म निर्माणमा गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले साझेदार गरेका छन् । परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलागयतका कलाकारहरुको पनि उक्त फिल्ममा अभिनय रहेको छ ।
ट्रेलर र गीतमा फिल्मले पाएको दर्शकको साथले फिल्म दर्शकले रूचाउने अपेक्षा गरिएको छ । गीत रिलिज भएको तेश्रो दिनमै युट्युबमा गीतले ३० लाख दर्शकको साथ पाएको छ । त्यसै गरी ट्रेलरले पनि युट्युबमा अाज सम्म ३ लाख १६ हजार दर्शकको साथ पाएको छ ।

Leave a Reply

%d bloggers like this: