काठमाडौँ ।
चर्चित हास्य टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रशारण हुने भएको छ । मिडिया हबले उत्पादन गर्दै आएको मेरी बास्सै यसै साताबाट नेपाल टेलिभिजनमा पुनः प्रशारण हुन थालेको हो ।
प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खलाको प्रशारण एक महिना देखि रोकिएको थियो । नेपाल टेलिभिजनबाट प्रशारण रोकिए पनि मिडिया हबले भने आफ्नो युट्युब च्यालनमा मेरी बास्सैका सबै एपिसोडहरु राख्दै आएको छ ।
युट्युबमा पनि अत्यधिक रुचाइएको मेरी बास्सैलाई राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ले निर्देशन गर्दै आएका छन् ।
