Mon. May 6th, 2024

काठमाडाैं ।
बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गोल्ड’ सानदार प्रदर्शन गर्दै बक्सअफिसमा सय करोड क्लबमा इन्ट्री भएको छ । पहिलो दिन नै २५ करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको १३ औं दिनमा सय करोड कमाएको हो ।
फिल्मको पहिलो हप्ता ९ दिनको थियो किनकी १५ अगस्ट अर्थात् बुधवार रिलिज भएको थियो । ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामार्फत फिल्मको कमाईको आँकडा सार्वजनिक गरेका छन् ।
पहिलो हप्ता अर्थात् ९ दिनमा ‘गोल्ड’ ले ८९.३० करोडको कारोबार गरेको थियो । दोस्रो हप्ताबाट भने फिल्मको कमाईमा ठूलो गिरावट आएको छ । दोस्रो हप्ताको पहिलो दिन १.८५ करोड, दोस्रो दिन ३.१० करोड, चौथो दिन ४.७५ करोड र पाँचौ दिन १.४५ करोड कमाएको छ ।
पहिलो र दोस्रो हप्ताको कलेक्सन जोड्ने हो भने उक्त फिल्मले प्रदर्शनको १३ औं दिनमा सय करोडमाथिको विजनेश गरेको छ । फिल्मको पूरा टिम फिल्मको जबर्जस्त प्रदर्शलाई लिएर खुसी देखिएको छ ।
अक्षय कुमारको यो फिल्ममा मौनी रोय, कुणाल कपूर, अमित साध, विनीत कुमार सिंह, सनी कौशल र निकिता दत्ता जस्ता कलाकारहरुको प्रमुख भूमिका छ । उक्त फिल्म भारतलाई हक्कीमा मिलेको पहिलो गोल्ड मेडलमा आधारित छ ।
यो फिल्मलाई रीमा कागतीले निर्देशन गरेका हुन् । टिभी दुनियाँकी ‘नागिन’ नामबाट चर्चित मौनीले यो फिल्मबाट डेब्यु गरेकी हुन् । ‘गोल्ड’ लाई समिक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: