Sat. May 18th, 2024

काठमाडाैं ।
निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरकाे भेट, प्रेम र विछोडलाई देखाइएकाे छ ।
लण्डनमा छायांकन गरिएकाे यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फोकस गरिएको छ । साथै चलचित्रमा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषठ पाठक, रुवि राना र विवेक लिम्बुको मुख्य भूमिका छ ।
बेलायतकाे लाेभलाग्दाे दृश्यलार्इ निकै अाकर्षक तरिकाले प्रस्तुत गरिएकाे छ याे चलचित्र असोज ५ गतेबाट रिलिज हुँदै छ ।

Leave a Reply

%d bloggers like this: