Sun. May 19th, 2024

काठमाडाैं ।
चलचित्र ‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कोया कट्टरको’बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गको स्वर रहेको छ भने शब्द दिनेश सुवेदीको रहेको छ ।
गीतमा सङ्गीत र एरेन्जर बबुल गिरीको रहेको छ । सार्वजनिक गीतमा चलचित्रका कलाकारहरू प्रशान्त ताम्राकार, दिया मास्के, राजाराम पौडेल, रेजन थापा, पूजन थापा फिचर छन् । भिडियोमा प्रशान्त ताम्राकार र दिया मास्के जोडीको रूपमा प्रस्तुत भएका छन् । भिडियोको कोरियोग्राफी रविन शाहले गरेका हुन् । चलचित्र कस्मिक लभलाई बि.एस बलामी र एस.के अधिकारीले संयुक्तरुपमा निर्देशन गरेका हुन् । सुरज प्रधानको प्रस्तुति रहेको चलचित्रलाई जे. गौत्तमले निर्माण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: