Mon. Oct 2nd, 2023

काठमाडाैं ।
सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरिका बस्ने नेपालीहरूकै कथा समेटिएको छ भने चलचित्रमा अमेरिकामा मै रहँदै आएका नेपाली कलाकारहरूलाई अभिनय रहेको छ । चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्।
ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माण रहेको यस चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरूको बेजोड अभिनय रहेको छ।
चलचित्र प्रदर्शन अमेरिकाबाटै हुने तयारी भइरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले भिजन संसारलाई बताएका छन्।अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन्।

Leave a Reply

%d bloggers like this: