Sat. May 18th, 2024

काठमाडाैं ।
बलिउड सुपरस्टार शाहरुख खान र काजोलले ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता सुपरहिट फिल्ममा सँँगै काम गरेका छन् । यो जोडी फेरि पर्दामा देखिन सक्ने सम्भावना बढेको छ ।
एक न्यूज पोर्टलका अनुसार, काजोल र शाहरुख करण जोहरको एक नयाँ फिल्ममा फेरि एकपटक सँगै देखिन सक्नेछन् । करण अहिले आफ्नो नयाँ प्रोजेक्टका लागि स्क्रिप्टको काममा व्यस्त छन् र उनले शाहरुख र काजोलसँग सम्पर्क गरेका छन् ।
बलिउडको यो चर्चित रोमान्टिक जोडी राज-सिमरन, राहुल-अञ्जली जस्तो भूमिकामा देखिसकेका छन् । पछिल्लो पटक यी दुई अभिनीत नयाँ फिल्म ‘दिलवाले’ रिलिज भएको थियो ।
शाहरुख खान अचेल फिल्म ‘जिरो’ को छायांकन र काजोलले हालैमा हलिउडको एनिमेटेड फिल्म ‘इनक्रेडिबल्स-२’ का लागि आवाज दिएकी थिइन् । लामो समयपछि करण जोहरको ब्यानर काम गर्न लागेको यो जोडीले पर्दामा कस्तो कमाल गर्ला ? हेर्न बाँकी छ ।

फिल्मीखबर

Leave a Reply

%d bloggers like this: