काठमाडाैं ।
बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘जिरो’को टिजर सार्वजनिक भएको छ । इदको छेको पारेर सार्वजनिक गरिएको टिजरमा सलमान खानलाई विशेष रुपमा फिचार गरीएको छ । याे टिजरमा शाहरूखले सलमानकाे गालामा किस गरेकाे सिनलार्इ पनि समेटिएकाे छ । चलचित्रमा शाहरुख होचा व्यक्तिको भूमिकामा देखिएका छन् । यस अघि शाहरुख फरक गेटअपमा फ्यानमा देखिएका थिए ।
चलचित्रमा शाहरुखको साथमा अनुष्का शर्मा, कैटरिना कैफ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक आनन्द एल राईले निर्देशन गरेका हुन् भने गौरी खानले निर्माण गरेकी हुन् । रेड चिल्ली र कलर एल्लोको निर्माणमा बनेको चलचित्र २०१८ डिसेम्बर २१ मा रिलिज हुने भएको छ ।
