Tue. Jul 16th, 2024

काठमाडाैं ।
यतिबेला  बलिउड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म ‘रेस ३’ को पब्लिसिटीमा व्यस्त छन् । पब्लिसिटीको क्रममा उनले आफ्नो नयाँ  प्रोजेक्टको विषयमा केही खुलाएका छन् ।
सलमान ‘भारत’, ‘दबंग ३’, ‘किक २’ र रेमोको डान्सिङ फिल्मसँगै ‘शेर खान‘ मा देखिँदैछन् ।
‘शेर खान‘ लाई सलमानका भाई सोहेल खान बनाउँदैछन् । यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । तर, बीचमा यो प्रोजेक्क्ट बन्द गरिएको थियो । सलमान भने उक्त प्रोजेक्ट बन्द नभएको बताएका छन् ।
सोहेल खानले केहि वर्ष अगाडि कमेडियन कपिल शर्मालाई यो फिल्ममा लिने वाचा गरेका थिए ।  । यो शोका सोहेल जज थिए । सोहीबखत उनले कपिललाई नयाँ फिल्म ‘शेर खान‘ मा लिने वचन दिएका थिए ।
कपिल शर्मा अहिले लामो छुट्टीमा छन् । सलमानसँग फिल्ममा आउनु कपिलका लागि सपना सत्यमा बदलिनु सरह हो । अहिले कमेडीका बादशाहको करिअर चौपट हुँदै गएको छ, अब उनलाई सलमानले सही किनारा दिन सक्नेछन् ।
‘रेस ३’ यसको उदाहरण हो । यो फिल्मबाट सलमान बबी देओल र डेजी शाह, साक‍िबको करिअरलाई रेस दिने कोशिशमा छन् ।
 
फिल्मीखबरबाट

Leave a Reply

%d bloggers like this: