Sat. Apr 27th, 2024
काठमाडाैं । 
 रणबीर कपूरको बहु प्रतिक्षित फिल्म ‘सञ्जु’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । टीजर रिलिजकाे एक महिना पछि टिजर  जस्तै धमाकेदार ट्रेलर सार्वजनिक भएकाे हाे  । ट्रेलरमा सञ्जय दत्तको जिन्दगीको हरेक एक घट्ना छुने प्रयास गरिएको छ ।
यस ट्रेलरमा उनलाई ड्रग्स लिएकोदेखि आतंकवादीको आरोप लगाएकोसम्म देखाइएको छ । यसअघि सार्वजनिक भएको फिल्मको टीजरमा रणबीरलाई चिन्न मुश्किल परेको थियो । यो फिल्ममा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा अभिनेत्री मनीषा कोईराला देखिएकी छिन् ।
उनका अलावा यसमा परेश रावल, अनुष्का शर्मा, सोनम कपूर, दीया मिर्जा, विक्की कौशल, जिम सौरभ र बोमन ईरानी जस्ता चर्चित कलाकारहरुले  पनि यस फिल्ममा अभिनय गरेका  छन् ।
यो फिल्ममा सञ्जयको भूमिका अभिनेता रणबीर कपूरले निर्वाह गरेका छन् । विधु विनोद चोपडाको निर्माण रहेको यस फिल्मका निर्देशक राज कुमार हिरानी हुन् ।
ट्रेलरमा सञ्जयको कलेज, फिल्मी र जेलमा विताएका सबै पललाई  निर्देशक हिरानीले जीवित गरेका छन् । ‘सञ्जु’ सञ्जयको जन्मदिनको ठिक एक महिना पहिला अर्थात्, २९ जूनमा रिलिज हुँदै छ ।

Leave a Reply

%d bloggers like this: