Fri. May 3rd, 2024

जेठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बेबि आई लभ यू’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘कहानी तेरो र मेरो’ बोलको गीतमा नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर रहेकाे छ भने  शब्द तथा संगीत पनि सन्तोषकै रहेकाे छ ।
सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचर्ड छन् । सन्तोषको कथा रहेको ‘बेबि आई लभ यू’ लाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा तथा संवाद पनि उनकै छ ।
सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको पनि अभिनय छ । यो फिल्म सुरज आचार्यले खिचेका हुन् ।
लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा शिव न्यौपाने निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन्

Leave a Reply

%d bloggers like this: