Thu. May 16th, 2024

काठमाडाैं । 
म्यानचेष्टर युनाइटेडका भूतपूर्व मिडफिल्डर पाउल स्कोल्सले वर्तमान मिडफिल्डर पाउल पोग्बाको बारेमा अाफ्नो धारणा सार्वजनिक गरेका छन्।
स्कोल्सले पोग्बा यदि क्लबमा खुशी छैनन् भने युनाइटेड उनलार्इ बेच्न तयार हुनुपर्ने र उनले पनि छोड्नुपर्ने बताएका हुन्। ८९ मिलियन पाउण्डका खेलाडी युनाइटेडमै बसुन् भन्ने चाहेको तर, त्यसमा सम्बन्धित खेलाडी पनि खुशी हुनुपर्ने स्कोल्स बताएका छन् ।
यदि पोग्बा खुशी छैनन् भने उनलार्इ दबाब दिनु भन्दा विकल्प खोज्नुपर्ने धारणा स्काेल्सकाे रहेकाे छ । पोग्बा तत्कालिन विश्व कीर्तिमानी रकम ८९ मिलियन पाउण्डमा इटालियन साइड युभन्टसबाट सन् २०१६ मा युनाइटेड अाएका थिए। पोग्बा म्यानचेस्टर युनाइटेडमा फर्किँदै गर्दा उनीबाट क्लबले धेरै अाशा एवम् अपेक्षा गरेको तर, अाफूले जहिले पनि विभिन्न प्रश्नको सामना गर्नु परेको उनको गुनासो रहेको छ।

Leave a Reply

%d bloggers like this: