Fri. May 17th, 2024

काठमाडाैं । 
रसियामा हुने विश्व कपका लागि टोटेनह्यामका स्ट्राइकर हेरि केन इङ्ल्यान्ड फुटबलको कप्तान नियुक्त भएका छन् । इङ्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले सोमबार राती टोलीको बैठकमा केनलाई कप्तानका रुपमा घोषणा गरेका हुन्  ।
प्रशिक्षक साउथगेटले केनमा केहि असाधारण व्यक्तिगत गुण रहेको बताउँदै उनले भने, ‘उनी स्तरीय खेलाडी हुन । अहिलेको समयमा एकरुपताको प्रदर्शन गर्न सक्ने विश्वका उत्कृष्ट खेलाडीमध्ये उनी एक हुन् । त्यस्ता खेलाडीले टोलीको नेतृत्व गर्दैछन् ।’
पछिल्लो १८ महिनाको अनुभवले उनीमा टोलीको नेतृत्व लिने क्षमता देखिएको साउथगेटले प्रष्ट पारे । ‘निश्चय पनि उनलाई अरुको साथ चाहिन्छ । हामीले उनीमा नेतृत्वकर्ताको क्षमता देखेका छौं,’ उनले थपे,’ उत्कृष्ट कप्तान विना शीर्ष टोलीको कल्पना गर्न कठिन हुन्छ । मलाई लाग्छ चुनौति लिनका लागि उनी तयार छन् ।’
जुन १८ मा ट्युनेसियासँग खेल्दै इङ्ल्यान्डले रसिया विश्वकपको सुरुवात गर्नेछ । समूह जीमा त्यसपछि टोलीले पानामा र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

%d bloggers like this: