Fri. May 17th, 2024

काठमाडाैं । 
पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्व प्रशिक्षक युनार्इ एम्रि आर्सनलकाे प्रशिक्षकमा नियुक्त हुने लगभग पक्का भएको छ । करिब दुर्इ दशकदेखि आर्सनलको प्रशिक्षकको भुमिकामा रहेका आर्सन वेंगरले सिजनको अन्त्यसँगै पद छोडेपछि सो पद खाली भएको थियो ।
केही दिन अघि आर्सनलका पूर्व कप्तान तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटाले सो जिम्मेवारी लिने भनिएको थियो । आर्सनलको बोर्डले आर्टेटालाई पहिलो सिजनका लागि ५० मिलियन पाउन्ड ट्रान्सफरमा खर्च दिने बताइएको थियो ।तर आर्टेटा सो रकमबाट खुशी थिएनन् । उनले क्लबको ट्रान्सफरमा आफ्नो मत राख्न पाउन पर्छ भन्ने भनाईमा पनि आर्सनलको बोर्ड असन्तुष्ट रहेको विभिन्न श्रोतहरुले जनाएको छ । यसकारण आर्सनल बोर्डले आर्टेटालाई क्लबको जिम्मा दिन पछि हटेको हो ।
सेभिल्ला र पिएसजीमा सफलता हांसिल गरिसकेका एम्रि खासगरी दुई खेलाडी वरपर क्लबको निर्माण गर्न चाहेको बुझिन्छ – मिडफिल्डर आरोम राम्जी र फरवार्ड पियर एम्रिक अबामेयाङ । पिएसजीका केही खेलाडीलाई उनले आर्सनलमा ल्याउन सक्ने पनि सम्भावना रहेको छ ।
आज र भोलि बिहीबारमा क्लबले आधिकारिक रुपमा एम्रिको घोषणा गर्ने सम्भावना रहेको छ ।

Leave a Reply

%d bloggers like this: