Mon. Sep 25th, 2023

काठमाडाैं । 
रितिक राेशनका पिता तथा निर्देशक राजेशले रोशन ‘कृष ४’ र ‘कृष ५’ लाई ‘बाहुबली’ स्टाइलमा रिलिज गर्दैछन् गर्ने मनसाय बुन्न थालेकाे समाचारले यतिबेला भारतीय बजारमा व्यापकता पाएकाे छ। विभिन्न भारतीय मिडियाका अनुसार, राजेश रोशनले आफ्नो दुई फिल्मलाई एकसाथ प्रदर्शन गर्ने निर्णय लिएका छन् ।
फिल्म ‘बाहुबली’ को जस्तै गरि ‘कृष ४’ र ‘५’ एकसाथ बन्नेछ भने रिलिज पनि त्यही स्वरुपमा हुनेछ । ‘बाहुबली’ का निर्देशक राजामौलीले ‘बाहुबली द बिगनिंग’ को समयमा नै ‘बाहुबली द कनक्लूजन’ को घोषणा गरेका थिए । अब राजेश रोशन पनि त्यही पथमा हिड्ने पक्षमा देखिएका छन् ।
काे अवधारणामा काम गरिएको थियो । यो फिल्ममा रितिक राेशनले  मुख्य भूमिकामा थिए । करीब ३० करोडमा निर्माण भएको यो फिल्मले भारतीय बक्सअफिसमा ८३ करोडको कलेक्सन गरेको थियो ।
‘कोई मिल गया’ काे कहानीलार्इ सिक्वेल बनाउने क्रममा २००६ मा ‘कृष’ निर्माण भयो । यो फिल्मले  पनि बक्सअफिसमा राम्रो कमाई गरेको थियो । करीब ४० करोडको लागतमा बनेको यो फिल्मले भारतीय बक्सअफिसमा ७२ करोड कमाएको थियो ।
यसपछि वर्ष २०१३ मा ‘कृष ३’ रिलिज भयो । करीब ९४ करोडमा निर्माण गरिएको यो फिल्मले भारतीय बक्सअफिसमा २३५ करोडको कलेक्सन गरेको थियो । ‘कृष’ सिरीज रितिकका लागि सधै नै खास सावित  हुने गरेकाे छ ।

Leave a Reply

%d bloggers like this: