Sun. May 19th, 2024

काठमाडाैं । 
जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निराश पार्दै फ्रान्कफर्टले गए राति जर्मन कपको उपाधि अाफ्नाे पाेल्टामा पार्न सफल भएकाे छ  । फाइनल खेलमा जर्मन च्याम्पियन  ३-१ ले पराजित हुन पुगेको हो ।
फ्रान्कफर्टलार्इ आन्टे रेबिकले खेलको एघारौं मिनेटमा  अग्रता दिलाएका थिए । तर रोबर्ट लेवान्डोस्कीले ५३ औं मिनेटमा बायर्नका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए । आन्टे रेबिकले ८२ औं मिनेटमा फेरी गोल गर्दै टोलीलाई दोस्रो पटक खेलमा अग्रता दिलाए ।
निर्धारित समयको इन्जुरी समयसम्म पनि बायर्न बराबरी गोलको खोजमा थियो । तर मिहाट ग्यासिनोभिचले गोल गर्दै बायर्नलाई निराश बनाएको हो । खेलभरी बायर्नले ७७ प्रतिशत पोजेसन राखेको थियो र २२ प्रहार पनि गरेको थियो । तर फ्रान्कफर्टको डिफेन्सलाई एक पटकभन्दा बढी तोड्न नसक्दा बायर्न खाली हात फर्न बाध्य भयो ।

Leave a Reply

%d bloggers like this: