Sun. May 19th, 2024

काठमाडाैं । 
यस समयका लोक प्रीय भजन गायक तथा चर्चित सङ्गितकार कृष्ण भण्डारीकाे अर्को संस्कार युक्त ” बुबा मेरा राम जस्तै आमा मेरी सिता , तिम्रा बाणी मेरा लागी रामायन गिता ” बाेलकाे भक्ती भजन सार्वजनिक भएकाे छ।  यस भजनमा शब्द: टंक आचर्यको रहेको छ भने स्वर, संगीत : भण्डारिलेनै दिएका छन् ।
नयाँ तथा राम्रा संगीतहरु सिर्जना गर्न रुचाउने र जस्तो अवस्थामा पनि साङगितिक क्षेत्रबाट दर्शक श्रोतामा केही उर्जा केही ज्ञान , मिलोस् भन्ने धारणा उनकाे रहेकाे छ । पछिल्लो समय आफ्नो मातापितालाइ बृद्धाश्रम लगेर राख्ने र छोराछोरिले ती बृद्ध मातापीताकाे वास्ता  नगर्ने , धेरै हेला गर्ने  गलत  प्रवृत्तिलार्इ अन्त्य गर्ने धारणाले र जगत्जननि माता नै सर्वप्रथम परमात्मा , कृष्णराम नै सर्वप्रथ पितामाता मान्ने धारणाले एक सन्देशमुलक भजन पुन: प्रस्तुत गरेको उनको भनाइ रहेकाे छ।
साथै अहिले भर्खरै पुर्वको प्रसिद्ध तिर्स्थस्थल पाथिभरा माता को भजन पनि रिलिज गर्नु भएको छ ।  लामो समय देखी नेपाली गित सङ्गित भजन सृजना मा रमाइ रहेका भण्डारीका दर्जनौ गित संगीत लाेकप्रिय भर्इसकेका छन । बाके बर्दिया , ओइ बिमली , ऐले आएर बोकेदारी को सुपर हिट गित झापा सुरुङ्गा मा पनी भण्डारी ले सङ्गित दिर्इसकेका छन् ।
उनि आफुलाइ नौलो प्रकारका गित सङ्गित सृजना गर्न रुचाउने बताउछन । भण्डारीका भजनहरु पनि अहिले बजारमा उति नै कर्णप्रिय छन् । उनका कृष्णकाले नक्कले , के होला प्रभु यो चोला र कृष्ण जी मन पर्यो मलाइ लगायत अन्य थुप्रै भजनहरू बजारमा अार्इसकेका छन् ।
https://www.youtube.com/watch?v=Vfy9yvNDeMY&app=desktop

Leave a Reply

%d bloggers like this: