Mon. May 6th, 2024

काठमाडाैं । 
इटालियन सिरी ए अन्तर्गत अाइतबार युभेन्टसले लगातार सातौं लिग उपाधि पक्का गरेको छ । एएस रोमासँग गोलरहित बराबरीमा रोकिएपछि युभेको उपाधि पक्का भएको हाे ।
युभेन्टसलाई लगातार पछ्याइरहेको नेपोलीले साम्पडोरियाेलाई २-० ले पराजित गरेपनि युभेले १ खेल बाँकी रहँदा ४ अंकको अग्रता लिएको हो । शीर्षस्थानमा रहेको युभेन्टस ३७ खेलमा ९४ तथा नेपोली ८८ अंकमा छन् ।
पछिल्लो पटक सन् २०१०-११ सिजनमा एसी मिलानले लिग जितेयता युभेन्टसले लगातार लिगमा कब्जा जमाउँदै अाएको छ । बुधबार इटालियन कपको उपाधि जितेको युभेले लगातार चौथो सिजन दोहोरो उपाधि हात पारेको हो ।

Leave a Reply

%d bloggers like this: