Sat. May 18th, 2024

काठमाडाैं । 
फिल्म ‘बोबी’को नर्वेमा प्रिमियर सम्पन्न गरिएको छ । नर्वेको ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रहेको थियो । सबटाइटलसहितको फिल्म हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशीको पनि उपस्थिती रहेको निर्देशक मिलन चाम्सले बताएका छन् ।
सत्यकथामा आधारित फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका रहेको छ । फिल्ममा यी दुवैको संघर्ष र सफलता देखाइएको छ । फिल्ममा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत र मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कविता गुरुङ र उमेश थापाको अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
 

Leave a Reply

%d bloggers like this: