Tue. May 7th, 2024

काठमाडाैं । 
गतबर्षको सफल चलचित्र ‘लिलिबिली’को नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘केही बाँकी’ बोलको गीतमा प्रदीप र जसिताको बिछोडको कहानी देखाईएको छ । चलचित्रको नेपाल प्रदर्शन सकिईसकेपछि चलचित्रको यो गीत रिलिज गरिएको हो । गीतमा चलचित्रको केहि कहानी भएकोले गीत पछि रिलिज गर्नुपरेको निर्माण टीमका एक सदस्यले बताए । बबिन बिक्रम अधिकारीको शब्द, एलिस कार्कीको संगीत र सन्नी सुनाको स्वर रहेको गीतको भिडियोलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
मिलन चाम्सको निर्देशनमा बनेको चलचित्रलाई चाम्सको साथमा गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । सुदिप बरालको सिनेम्याटोग्राफी, अर्जुन जिसीको सम्पादन र चन्द्र पन्तको द्धन्द रहेको चलचित्रमा प्रदीप र जसिताको साथमा प्रियंका कार्की, जसिता गुरुङ, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्ता लगायतका कलाकारहरुको अभिनय छ । काफिया फिल्म्स, सुदिप खड्का प्रोडक्सन र चाम्स इंटरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रको सम्पूर्ण सुटिङ युरोपका बिभिन्न देशहरुमा भएको हो ।

Leave a Reply

%d bloggers like this: