Mon. Apr 29th, 2024

प्राचीन समयका केही चर्चित शहर अहिले पानीमा डुबेका छन् । आज हामी ५ शहरका बारेमा जानकारी दिदैछाै । बैज्ञानिकहरुले यी शहरहरुका बारेमा अनुशन्धान गरेर अवषेश पत्ता लगाएका छन् ।
१‍. क्लियोपेट्रा, अलेक्जेन्ड्रिया, इजिप्ट
एलेग्जेन्डर द ग्रेट द्वारा निर्मित याे क्लियोपाट्रा शहर आजभन्दा करीब १६०० बर्ष पहिला जलमग्न भएकाे हाे । याे शहर निकै सुन्दर रहेकाे बताइन्छ । याे शहर साम्राज्ञी क्लियोपेट्रा काे यादमा बनाइएकाे थियाे । सन् १९९८ मा समुन्द्री पुरातत्व विदहरुले याे शहरलाई पानि मुनी खाेजेर पत्ता लगाएका थिए ।
२. पाव्लोपेट्री, ग्रीक
ग्रीक काे याे शहर पनि पानिमा डुबेकाे छ । करिब २००० ईसा पूर्व भूकम्पका कारण याे शहर पानिमा डुबेकाे बताइन्छ । याे शहर निकै सुसज्जित र योजनाबद्ध तरीकाले बनाइएकाे थियाे । अहिले याे शहरकाे शवशेष मात्र बचेकाे छ । त्याे पनि पानि मुनी ।
३. पोर्ट राेयल,जमैका
जमैकाकाे पोर्ट राेयल शहर प्रचिन समयमा यूराेपकाे एक ठूलाे शहरकाेरुपमा रहेकाे थियाे । यहाँ वेश्यावृति र मदिरा संस्कार रहेकाे थियाे । सन् १९६२ जुनमा याे शहर पानीमा डुबेकाे थियाे । त्याे बेला करिब २००० मानिसले ज्यान गुमाएका थिए ।
४.द्वारका, भारत
भारतकाे द्वारका शहर जाे गाेमती नदीकाे किनारमा थियाे । याे शहरलाई प्राचिन समयमा भगवान कृष्णकाे नगरी भनिन्थ्याे । यसकाे अस्तित्व भारतकाे गुजरात प्रान्त स्थित कैम्बाेकाे खाडीमा भेटिएकाे थियाे । भनिन्छ की याे शहर भगवान कृष्णकाे मृत्यूपछि समुन्द्रमा डुबेकाे थियाे ।
५. द पिरामिड अफ युनागुनी-जिमा, जापान
जापानकाे र्यूक्यू अाइल्यान्डकाे नजिक पिरामिड अफ युनागुनी-जिमाकाे अस्तित्व भेटिएकाे हाे । यसकाे बारेमा केही मानिसहरु शहर मानव निर्मित भएकाे बताउँछन् भने केही मानिहरु प्राकृतीकाे देन भएकाे बताउँछन् । याे पिरामिड अाज भन्दा करिब दश हजार ईसा पूर्व पानिमा डुबेकाे थियाे । अहिले यसकाे अस्तित्व २५० फिट गहिराइमा छ ।

Leave a Reply

%d bloggers like this: