Thu. May 16th, 2024

काठमाडाैं

 सिजनको अन्तिम एल क्लासिकोमा अाइतबार रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल खेल्दैछ। यो सिजन बार्सिलोना लालिगामा अपराजित रहेको छ। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई रहेको छ।

बार्सिलोनाले ला लिगाको उपाधि यसअघि नै कब्जा गरिसकेको छ। रियल म्याड्रिडले पनि शीर्ष ३ मा स्थान लगभग सुरक्षित गरिसकेको छ। तर, दुई टोलीबीचको लामो इतिहासका कारण दुवै टोलीले जीतका लागि हरसम्भव प्रयास गर्ने निश्चित छ।

बार्सिलोना ला लिगाको इतिहासमा पहिलो पटक कुनै पनि खेलमा अपराजित रहँदै लिग अन्त्य गर्ने प्रयासमा छ। तर, अाइतबार हुने खेलको नतिजा अाफ्नो पक्षमा पार्नसकेमा यो लक्ष्यमा मुख्य बाधक रियल म्याड्रिड साबित हुन सक्नेछ।

यस सिजनमा अघिल्लो ४ एलक्लासिकोमा दुवै टोलीको नाममा २ जीत छन्। स्पेनिस सुपरकपका दुवै लेगमा रियलले बार्सिलोनालाई पराजित गरेको थियो। प्रिसिजन खेलमा इन्टरनेसनल च्याम्पियन्स कपमा रियललाई पराजित गरेको बार्सिलोनाले ला लिगाको अघिल्लो खेलमा रियलकै घरेलु मैदानमा जीत हासिल गरेको थियो।

रियल त्यसको बदला लिने प्रयासका साथ मैदान उत्रिने छ। ला लिगा अन्तर्गत रियलले बार्सिलोनालाई पछिल्लो ३ खेलमा पराजित गरेको छैन। तर, इतिहास हेर्नेहो भने २ सय ३६ भेटमा रियलले ९६ र बार्सिलोनाले ९२ खेल जीतेको छ।

बार्सिलोनाका लागि एन्द्रे इनियेस्टाको यो अन्तिम एल क्लासिको हुनेछ। सिजनको अन्त्यमा बार्सिलोनासँगको लामो सहकार्य अन्त्य गर्ने जानकारी दिएका इनियेस्टाले रियल विरुद्ध बार्सिलोनाको जर्सीमा अन्तिम पटक खेल्दै छन्। रियलका लागि स्पेनिस डिफेण्डर ड्यानि कार्भाहलले यो खेल गुमाउने पक्का छ। च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखविरुद्ध चोट बोकेका उनी त्यसयता फिट भएका छैनन्। त्यस्तै इसको र राफेल भरान पनि खेल्न नसक्ने सम्भावना छ।


Leave a Reply

%d bloggers like this: