काठमाडाैं ।
लस एन्जलसमा भएको एक लिलामीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नांगो मूर्ती १८ लाखमा बिक्री भएको छ। यो मूर्ती एक संग्राहलयमा प्रदर्शनीका लागि राखिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
जुलियन्स अक्शनले बुधबार लस एन्सलसमा एक लिलामीमा ट्रम्पको सो मूर्ती बेचेको घोषणा गरेका हुन्। ट्रम्पको सो मूर्तीमा ठूलो भुँडी देखिएको छ।
ट्रम्पको यो नांगो मूर्तीको सीरीजको एक भाग हो। बाँकी चार मूर्ती जफत गरेर नष्ट गरिएको थियो। अगस्ट २०१६ मा जब ट्रम्प राष्ट्रपति पदका लागि आफ्नो दाबेदारी पेश गरिरहेका थिए, त्यतिबेला देखि यी मूर्ती लस एन्जसल, सन फ्रान्सिस्को, न्यूयोर्क, सियेटल र क्लीवल्याण्डमा सार्वजनिक स्थानमा प्रदशनीकालागि राखिएको थियो। सो मूर्ती किन्ने ज्याक ब्यागन्स सो मूर्तीलाई लस एन्जलसको हान्टेड म्युजियममा प्रदर्शनीमा राख्न चाहन्छन्।
साभारः एजेन्सी
