Sun. May 19th, 2024

काठमाडाैं ।
जारी सिजनकाे अार्इपिएल क्रिकेटमा सन्दिप लामिछानेले अार्इपिएलमा छानिने  पहिलाे नेपाली क्रिकेट खेलाडीका रूपमा  इतिहासमा नाम लेखाए  । उनकाे याे सफलतालार्इ समग्र नेपाल र नेपालीहरूले गाैरवका रूपमा लिए ।
अार्इपिएल विश्वकै प्रतिष्ठित लिगमा गनिने गर्दछ । हरेेक देशका नाम चलेका खेलाडीकाे अन्तिम इच्छा विश्वकप र त्यस पछि अार्इपिएल खेल्ने नै हुन्छ । सबैकाे माेहकाे विषय बनेकाे यस प्रतियाेगितामा खेल्न पाउनु सन्दिप र नेपालीका लागि गाैरवकाे कुरा हुनु सामान्य नै हाे ।
क्रिकेटमा बामे सर्दै गरेकाे नेपाली क्रिकेट क्षेत्रबाट सन्दिप लामिछानेलार्इ खरिद गर्न देल्ली डेयरडेविल्स अग्रसर भयाे र रू २० लाख भारतीय रूपैँयामा अाइपिएलका लागि सन्दिपलार्इ अाफ्नाे बनाउन सफल भयाे ।
अार्इपिएल सुरू हुनुभन्दा करिब २ महिना पहिला सन्दिप अाइपिएलका लागि छानिए । हरेक क्रिकेट प्रेमी नेपालीमा  अार्इपिएलमा सन्दिपलार्इ देख्ने  इच्छा तीव्र हुँदै गयाे , नेपालीहरू यसका लागि दिन गन्न थाले । ६० , ५९ गर्दै अाइपिएल प्रतियाेगिता सुरू भयाे । अब नेपालीलार्इ देल्ली डेयरडेविल्सकाे पहिलाे खेल हेर्न अातुर भए , त्याे भन्दा बढि सन्दिपलार्इ अार्इपिएलमा देल्लीकाे जर्सीमा सजिएकाे हेर्न अातुर भए । तर जब अार्इपिएलमा देल्लीले खेल खेल्याे तब हरेक नेपालीले खल्लाे महशुस गरे । उनिहरूले सन्दिपलार्इ अार्इपिएलमा देख्न पाएनन् ।
हरेक अार्इपिएलका खेलमा नेपालीहरू प्रतिभावान खेलाडी सन्दिप लामिछानेलार्इ हेर्न अातुर भर्इरहेका छन् । तर अवस्था उल्टाे भर्इरहेकाे छ । सन्दिपले अार्इपिएलमा खेल्न पाएका छैनन् । क्लब देल्लीले बारम्बार उनलार्इ  खेलाउने भनेता पनि उनले याे अवसर प्राप्त गर्न पाएका छैनन् । अब हरेक नेपालीले  भनिरहेका छन् अाखिर कहिले खेल्छन् त सन्दिपले अार्इपिएल देल्लीबाट ।

Leave a Reply

%d bloggers like this: