लिभरपुलकाे जीतमा सलाहकाे २ गाेल , २ किर्तिमानमा सलाहकै नाम

काठमाठाैं । १२ बैशाख –  गएराति भएकाे च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलकाे  पहिलाे लेगमा इंलिस क्लब लिभरपुलले  घरेलु मैदानमा  इटालियन क्लब एएस रोमालाई ५-२ ले पराजित गरेकाे  छ। लिभरपुलकाे  जितमा  मोहम्मद सलाहकाे नाममा  दुई गोल रह्याे भने उनले २ गाेलका लागि पास समेत मिला । याेसँगै  सलाहले यस सिजन च्याम्पियन्स लिगमा  १० गोल पुरा गरेका छन्।
खेलको ३६ औं मिनेटमा अत्यन्तै सुन्दर  गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका सलाहले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए। च्याम्पियन्स लिगमा व्यक्तिगत २ गोल गर्दै सलाहले दुई कीर्तिमानमा अाफ्नाे नाम  लेखाएका छन्।
च्याम्पियन्स लिगको एकै सिजनमा १० गोल गर्ने सालाह लिभरपुलका पहिलो खेलाडी बनेका छन भने   यस प्रतियोगिताको एकै सिजनमा धेरै गोल गर्ने अफ्रिकन खेलाडी पनि सलाह न  नै बनेका छन्।
सालाहले यो सिजन सबै प्रतियोगितामा ४३ गोल गर्दै लिभरपुलमा अर्को कीर्तिमानमा अाफ्नाे नाम लेखाउने  बाटोमा छन् । लिभरपुलका इयान रसले  १९८३-८४ सिजनमा ४७ गोल गरेका थिए । अब उनले बाँकी रहेका खेलमा १ – १ गाेल मात्रै गरे भने एकै सिजनमा सबैभन्दा धेरै गाेल गर्ने  लिभरपुलकाे खेलाडीमा उनकाे नाम  पहिलाे नम्बरमा अाउनेछ ।

Leave a Reply

Back To Top